कोरोना संक्रमण बढेपछि फ्रान्समा फेरि एक महिना लकडाउन


एजेन्सीः कोरोना भाइरसको संक्रमण बढेपछि फ्रान्समा फेरि एक महिना  लकडाउन घोषणा गरिएको छ ।

 

राष्ट्रपति इमानुयल म्याक्रोको एक सार्वजनिक सन्देशमा शनिबारदेखि देशभर एक महिना लकडाउन हुने उल्लेख गरेका छन् ।

 

लकडाउनमा अत्यावश्यक पसलहरु मात्र खोल्न पाइने र कार्यालयको सट्टा घरमै बसेर काम गर्न आग्रह गरिएको छ ।

 

मानिसहरुलाई उचित कारणविना घरबाट १० किलोमिटरभन्दा टाढा जान रोक लगाइएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

 

संक्रमण फैलिन नदिने उद्देश्यले सार्वजनिक समारोहमा पूर्णरुपमा रोक लगाइएको छ ।

 

आजदेखि १२ वटा जिल्लामा हात्तीपाइले रोगको औषधि खुवाइँदै