आजको राशिफल Aajako RASHIFAL

अखबार नेपाल संवाददाता
२०७७, २६ पुष आईतवार ०७:५८

मेष–ARIES (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
कार्यमा ढिलाइ, धनहानी, मानसिक चिन्ता, शोक, कष्ट, भयले सताउने, खानपान र स्वास्थयमा गडबडी । रोजगारमा समस्या, खर्च ज्यादा, झगडा, विवाद र मानसिक चिन्ताबाट टाढा रहनुहोला, आर्थिक तथा पारिवारीक समस्याले मन खिन्न हुनेछ, दुर्घटना वा चोटपटकबाट जोगिनुपर्ने समय छ । दाम्पत्य सम्बन्ध सुमधुर रहने । प्रेमिहरुको लागि भने समय अनुकुल रहनेछ । वैदेशिक व्यापारको लागि समय राम्रो छ ।
वृष–TAURUS (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
शुभ ग्रहको दशा चलेको छ भने वैवाहिक सुख, पारिवारिक जमघट, वाणिज्य र व्यवसायमा लाभ दिनेछ, पार्टनरशीपमा व्यवसाय गर्नलाई राम्रो समय, प्रेम सम्बन्धमा सुखद अवसर प्राप्त, शैय्यासुख, दाम्पत्यजीवनमा आनन्दमय हुने, भोगविलास मनोरन्जनमा समय बित्ने । धनलाभ, व्यवसायमा रोकिएको कार्य बन्ने छ । शत्रुहरु पराजित हुनेछन । व्यापार व्यवसायमा लगानी हुने योग छ ।
मिथुन–GEMINI (का, कि, कु, घ, ङ, छ, के, को, ह)
कठोर परिश्रमबाट मुक्त भइने, स्वास्थ्य राम्रो रहने, आरोग्यता प्राप्ति, आदर सत्कार र आनन्द प्राप्त हुने, पारिवारिक सुख, गुप्त शत्रुहरु पराजित हुने, कार्य सफल, आर्थिक लाभ, मुद्दा मामिला लगायत अन्य कुराहरुमा विजय प्राप्ति । नजिकको नातेदारको सहयोग पाइने, विद्यार्थीहरुलाइ समय राम्रो छ । लगानीको लागि दिन उत्तम रहनेछ ।
कर्कट–CANCER (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
यदि शुभ ग्रहको दशा चलेको छैन भने मन अशान्त हुने, कर्ममा गतिरोध, कार्यमा विध्न बाधा व्यवधानहरु आउने योग छ । बिशेष मेहनत गर्नुपर्ने दिन छ, निरर्थक धपेडी पर्ने, धन हानी हुने योग रहेकोले सचेत रहनुहोला, सन्तानको तर्फबाट चिन्ता वा सन्तानलाई कष्ट पर्ने योग देखिएको छ । पारिवारिक द्धन्द बढन सक्छ, अपयशको भागी हुनसक्ने दिनभएकोले आज विवादबाट टाढै रहनुहोला । आज लगानी वा खर्च गर्दा चाँही ध्यान पुर्याउनुहोला ।
सिंह–LEO (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
चिन्ताबाट बच्नुपर्ने दिन छ, दुख कष्ट पाइने, आरोप लाग्ने डरले सताउने, आयमा कमी, मित्र तथा भाइहरुसँग वैमनस्यता, धर्मकर्मदेखि वितृष्णा या धार्मिक कार्यले फाइदा पुग्दैन । यात्रा हुनसक्ने, आफन्तसँग विवाद नगर्नुहोला, सरकारी काम वा प्रशासनिक कार्यमा झमेला, मानसम्मान र उपलब्धिमा कमी, स्वास्थ्य बाधा हुनसक्ने, पारिवारीक र दाम्पत्य सुखमा कमी, कलह, जस्ता अशोभनीय फल प्राप्त हुनसक्ने सम्भावना रहेकोले सावधानी अपनाउनुहोला ।
कन्या–VIRGO (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
कार्यमा सफलता, मन प्रसन्नहुने, छोटोदुरीको यात्रा, धनलाभ, आरोग्यताप्राप्ति, वस्त्रलाभ, मानसम्मान प्राप्ति । दाम्पत्यजीवनमा सुख, मित्र सुख, शत्रुहरु परास्त हुनेछन् । बौद्धिक विकास हुने, मनमा नयाँ विचार आउनसक्छ । उच्च शिक्षाको लागि समय राम्रो छ, लगानीलाइ पनि आज दिन राम्रो छ ।
तुला–LIBRA (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
पराक्रममा कमी, धन संग्रहमा बाधा, कार्यमा असफलता, घाँटीभन्दामाथि समस्या देखिने, कुटुम्बसँग मनमुटाव, दुष्ट मानिसहरुबाट दुख पाइने, झर्किन मन लाग्ने वा बोलिबचन कठोर हुनसक्ने, सन्तान पक्षमा समस्या, पढाइमा आज अलि मेहनतै गर्नुपर्ने खालको दिन छ । धारिलो हतियार, आगो, करेन्ट अथवा तातो चिजहरुबाट जोगिनुहोला, खानपानमा विशेष सतर्क रहनुपर्ने दिन छ, राज्यपक्षबाट समस्या आउनसक्ने योग छ, दन्ड सजाय वा जरिवानामा परिनसक्ने सम्भावना छ ।
वृश्चिक–SCORPIO (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
दिन राम्रो रहनेछ, भौतिक संशाधन सुख, मित्र सहयोग, उत्तम जमघट र भोजनका साथै वस्त्र तथा उपहार आदि प्राप्ति हुनसक्ने, आरोग्यता हुने, आदरसत्कार मिल्ने । शैय्या सुख, वैवाहिक सुख । प्र्रेम सम्बन्धको लागि दिन राम्रोछ । व्यापारिकवर्ग, व्यावसायीक साझेदारी वा अन्य किसिमको पार्टनरशीपको लागि राम्रो दिन छ । लगानीको लागि आज दिन ठीक छ ।
धनु–SAGITTARIUS (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
अनावश्यक खर्च, शारिरिक कष्ट, स्वास्थयमा समस्या आउने, मानसिक चिन्ता वा शोक पर्नसक्ने । घाउ चोटपटक दुर्घटना हुनसक्ने भएकोले विशेष सावधानी राख्नुपर्ने बेला छ, आत्मविश्वासलाइ जोगाउनुहोला आलस्यताले काम बिग्रन सक्छ विद्यार्थीहरुको लागि समय राम्रो छैन, लगानीलाइ आज दिनप्रतिकुल छ ।
मकर–CAPRICORN (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
भाग्यले साथ दिने, शुभ समाचार आउनसक्छ । आयस्रोत वा आम्दानी बढने, मानसम्मान कदर पाइने, बन्धु तथा मित्र सुख प्राप्त हुने, आरोग्य तथा धनधान्यको प्राप्ति, शरिरको कान्तिवृद्धि, धनलाभ, उत्तम भोजन, बन्धुसुख, विपरित लिंगी सुख, मित्र सुख वा मित्रबाट फाइदा । भोगविलास र रमाइलोमा समय बित्नसक्नेछ, व्यापारीवर्गलाई राम्रो दिन छ, लगानीलाइ पनि दिन शुभ छ ।
कुम्भ–AQUARIUS (गु, गे, गो, सा, सि, सु, से, सो, द)
कार्य सिद्धि, आर्थिक लाभ, आयस्रोत बढाउने विषयमा गरेका प्रयास सफल हुनेछन, परिवर्तन खोजिरहनु भएको छ भने समय राम्रो छ । कर्मक्षेत्रमा मानसम्मान, किर्तियश प्राप्त हुने योग छ । पिता वा जेष्ठ व्यक्तिको सहयोग पाइने, चिताएको कुरा हुने अथवा शुभसमाचार आउनसक्ने छन । सरकारी कामकारवाहीबाट सन्तुष्टी मिल्ने, जागीर तथा नोकरीमा शुभ योग पनि देखिएको छ, पारिवारीक सुखको साथै जग्गाजमिन सवारीसाधन खरीद गर्न राम्रो दिन छ ।
मीन–PISCES (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
समय अनूकूल छैन । कुटुम्ब हानी, मानसम्मानमा कमी, तामसिक भोजन हुने, शारिरिक पीडा, स्वास्थयमा गडबडी, जस नपाउने, दन्ड जरिवानामा परिने, बिनाकारण विवाद हुने तथा आरोप लाग्ने सम्भावना छ । स्वास्थयको विषेश ख्यालराख्नुहोला । रोगव्याधिले सताउने योग छ । सन्तान सम्बन्धि चिन्ता लिनुपर्ने, अथवा मतभेद हुनसक्ने, यात्रा वा भ्रमण पनि हुने योग छ । व्यवसायको लागि समयअनुकुल छैन । धार्मीक साहित्य वा अध्यात्ममा ध्यान जाने अथवा संलग्न भइने खालको योग छ ।
Copyright ©2011- New Vision Point Pvt. Ltd. | All Right Reserved
Power By: JATA Media Pvt. Ltd.
Leave a Reply