अर्को चरणको आन्दोलन घोषणा गर्दै प्रचण्ड-नेपाल समूह

२०७७, २ फाल्गुन आईतवार १३:०१

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड-नेपाल समूहले अर्को चरणको आन्दोलनको घोषणा गर्ने तयारी गरेको छ ।
प्रतिनिधिसभा विघटनविरुद्ध सडक संघर्षमा रहेको प्रचण्ड नेपाल समूहले दिउँसो पत्रकार सम्मलेन मार्फत अर्को चरणको आन्दोलन घोषणा गर्न दिउँसो २ बजे पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा पत्रकार सम्मलेनको आयोजना गर्न लागेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।
राजनीतिक रुपमा विभाजित भएको प्रचण्ड–नेपाल समूहले सडक संघर्ष मार्फत ओली समूह र सरकारको विरोध गर्दै आएको छ भने ओली समूह पनि शक्ति प्रर्दशन र आमसभामा उत्रिएको छ ।
Leave a Reply