नेपाल र बंगलादेशको फोटोपत्रकारहरुको मैत्रीपूर्ण फुटबल तस्बीरमा
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालको राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) र बंगलादेशको पाहुना टोली नारायणगंज क्लबबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ । नेपालमा विक्रम सम्बत १९८४ मा आजकै दिन गोरखापत्रमा प्रथमपटक फोटो समाचार छापिएको थियो । वीरगञ्जकी एक महिलाले चर्खाबाट धागो कात्दै गरेको फोटो गोरखापत्रमा प्रकाशित भएको दिनको सम्झनामा नेपालका फोटो पत्रकारहरूले वैशाख १३ गतेको दिनलाई राष्ट्रिय फोटो पत्रकारिता दिवसको रूपमा मनाउँदै आएका छन् । […]