Rajshow Bivag
कतारी राजा स्वदेश फर्किएः

दुई दिने नेपाल भ्रमणमा आएका कतारी राजा स्वदेश फर्किए

Akhabar Nepal अखबार संवाददाता    वैशाख १२, २०८१
दुई दिने नेपाल भ्रमणमा आएका कतारी राजा स्वदेश फर्किए

दुई दिने नेपाल भ्रमणमा आएका कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी आज स्वदेश फर्किएका छन् । कतारी राजालाई राष्ट्रपति रामचन्द्र पौडेलले त्रिुभवन विमानस्थलमा पुगेर बिदाइ गरेका छन् । मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका उनलाई विमानस्थलमा राष्ट्रपति पौडेलले नै स्वागत गरेका थिए । कतारी राजा अमिरले हिजै राष्ट्रपति पौडेलसँग द्विपक्षीय भेटवार्ता गरेका थिए । उनले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेपछि नेपाल कतारबीच द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । […]

८ बुँदे समझदारी:

नेपाल-कतारबीच विभिन्न ८ वटा विषयमा समझदारीमा हस्ताक्षर

Akhabar Nepal अखबार संवाददाता    वैशाख १२, २०८१
नेपाल-कतारबीच विभिन्न ८ वटा विषयमा समझदारीमा हस्ताक्षर

नेपाल र कतारबीच विभिन्न ८ वटा विषयमा समझदारीमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कतारका अमिर शेख तमिम बिन हमाद अल थानीबीच होटल सोल्टीमा भएको भेटवार्तापछि ती सहमतिमा हस्ताक्षर भएको हो । दुई देशका प्रमुखबीचको वार्तापछि विभिन्न ८ वटा विषयमा सहमति आदानप्रदान गरिएको हो । उक्त वार्ताका क्रममा दुई देशका सरकारका मन्त्रालयहरूबीच ६ वटा र निजीक्षेत्रबीच पनि २ वटा विषयमा सम्झौतापछि हस्ताक्षर भएको हो । […]

नेपाल-कतार वार्ता:

नेपाल-कतारबीचको मैत्री सम्बन्धलाई अझ सबल र मजबुत बनाउनुपर्नेमा जोड

Akhabar Nepal अखबार संवाददाता    वैशाख १२, २०८१
नेपाल-कतारबीचको मैत्री सम्बन्धलाई अझ सबल र मजबुत बनाउनुपर्नेमा जोड

नेपालको राजकीय भ्रमणका क्रममा मित्रराष्ट्र कतारका राजा अमिर शेख तामिम बिल हमाद अल थानीसँग बुधबार काठमाडौँमा भएको ‘द्विपक्षीय वार्ता’का क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेपालमा कृषि, पर्यटन एवं पूर्वाधारका क्षेत्रमा लगानीका लागि उपयुक्त अवसर रहेको जानकारी गराए । कतारमा कार्यरत नेपालीहरू नेपाल-कतारबीचको मैत्रीसम्बन्धलाई अझ सबल बनाउने सूत्र भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले आगामी दिनमा यस्ता सम्बन्धलाई अझ मजबुत बनाउनुपर्नेमा जोड दिए । […]

फोटो पत्रकारिता दिवसः

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न बंगलादेशका फोटो पत्रकारको टोली नेपाल आईपुग्यो

Akhabar Nepal अखबार संवाददाता    वैशाख १२, २०८१
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न बंगलादेशका फोटो पत्रकारको टोली नेपाल आईपुग्यो

बैशाख १३ गते फोटो पत्रकारिता दिवसको अवसरमा राष्ट्रिय फोटो पत्रकार समुह नेपाल (एनएफपीजे)ले आयोजना गरेको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्नका लागि बंगलादेशका फोटो पत्रकारको टोली नेपाल आईपुगेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दिउँसो आईपुगेको टोलीलाई एनएफपीजेका कार्यवाहक महासचिव घनश्याम श्रेष्ठ, कोषाध्यक्ष सागर श्रेष्ठ, कार्यसमिति सदस्य प्रदीप कुमार श्रेष्ठ र सुनिल शर्माले उनीहरुलाई स्वागत गरेका थिए । […]

आजै स्वदेश फर्कनेः

कतारका राजा अमिर र प्रधानमन्त्री प्रचण्डबीच द्विपक्षीय वार्ता हुँद

Akhabar Nepal अखबार संवाददाता    वैशाख १२, २०८१
कतारका राजा अमिर र प्रधानमन्त्री प्रचण्डबीच द्विपक्षीय वार्ता हुँद

नेपाल भ्रमणमा रहेका कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज द्विपक्षीय वार्ता हुने भएको छ । दुई दिने भ्रमणका लागि मंगलबार नेपाल आइपुगेका थानीले आज प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गर्न लागेका हुन् । आजको वार्तापछि द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा सहभागी हुने कार्यक्रम तय भएको छ । थानी आजै स्वदेश फर्कने छन् । राष्ट्रपति पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा अल थानी नेपालको दुईदिने राजकीय भ्रमणमा मंगलबार अपराह्न नेपाल आइपुगेका हुन् । […]

Golden Peak High School
Sahari Bikash Mantralaya
Home Ad New Vision
Rajshow Bivag
Umakunda Gaunpalika Ad
Departmant of helth services
Home Ad New Vision
Home Ad New Vision